पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण

बागलुङ, २४ साउन ।
जिल्ला विपद् व्यवस्थापन समिति बागलुङले तमानखोला र निसीखोलामा पहिरोमा परेर मृत्यु भएका २ परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

साउन १३ गते विहान घर माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएका निसीखोला गाउँपालिका–१ का समिर परियार र तमानखोला गाउँपालिका–२ का खिमबहादुर विक र रिता विकको परिवारलाई शनिबार जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले घरमै पुगेर राहत रहम हस्तान्तरण गरेको हो ।

तमानखोला–२ का वर्ष १३ का खिमबहादुर विक र वर्ष १२ की रिता विकको परिवारलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मृत्तक राहत रकम ३ लाख र तत्काल राहत रकम १५ हजार गरी ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियोभने निसीखोला–१ का वर्ष ३ का समिर परियारको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले राहत रकम २ लाख र तत्काल राहत रकम १५ हजार गरी २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

राहत रकम हस्तान्तरणमा तमानखोलामा प्रहरी उपरिक्षक शारदाप्रसाद चौधरी, राष्ट्रिय अनुशन्धान उपअनुशन्धान निर्देशक नरेन्द्रराज गिरी, गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष मानसरी शेरचन, वडाअध्यक्ष लोकबहादुर कुँवर, इलाका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीको उपस्थिति रहेको थियो । यस्तै निसीखोला गाउँपालिकामा अध्यक्ष तारानाथ शर्मा, अर्जुनबाण गणका प्रमुख सेनानी मिलनध्वज खाँड, गाउँपालिकाका उपाध्यक्ष शोभा कार्की, वडाअध्यक्ष इन्द्रबहादुर मल्ल, प्रमुश प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, स्थानिय टेकराज पौडेलको उपस्थिति रहेको थियो ।

यस्तै आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाढिपहिरोको क्षति र पुष्पलाल मध्यपहाडी लोकमार्गको क्षतिको बारेमा माथिल्लो निकायमा जानकारी गराइ तत्काल मर्मत सम्भार गर्नको लागि अनुरोध गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here