मास्क नलगाउने २८ जना प्रहरी कारवाहीमा

बागलुङ, २४ साउन ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा मास्क नलगाइ हिड्ने २८ जना प्रहरी कारवाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय गल्कोट र जिल्ला प्रशासन कार्यालय बागलुङको अनुगमन टोलीले गल्कोटमा मास्क नलगाइ हिड्डुल गर्ने २८ जनालाई नियन्त्रणमा लिई कारवाही गरेर छोडेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

नियन्त्रणमा परेका सवैलाई संक्रमण रोग एण्ड २०२० दफा २ को कसुर गरे वापत सोहि एनको दफा ३ को उपदफा १ बमोजिम कारवाही गरिएको छ
प्रहरीले नियन्त्रणमा लिएका २८ जना मध्य २५ जनालाई जनहि एक सय रुपैयाँ जरिवाना गरिएको र तीन जनाको आर्थिक अवस्था कमजोर भएकाले जरिवाना नगरिएको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो । कारवाहीमा परेका २८ जनालाई एक–एक ओटा मास्क वितरण गरि लगाउने सम्बन्धी सचेतना दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहितको अनुगमन टोलीले प्रहरी कारवाहीमा परेका मास्क नलगाउने २८ जना सहित नेपाल महिला संघको स्थापना दिवसको अवसरमा गल्कोटमा आयोजना गरिएको कार्यक्रममा उपस्थित गल्कोटबासीहरुलाई मास्क लगाउने र कोरोना रोगसम्बन्धी जनेचतना दिइएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले मास्क नलगाइ हिड्डुल गर्नेहरुलाई नियन्त्रणमा लिइ आजसम्म एक सय १० जनालाई कारवाही गरिरहेको छ । प्रशासनको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार बागलुङ बजारमा मास्क नलगाइ पसलमा बसेका व्यवसायी र हिडड्डुल गर्ने सर्वसाधारणहरु ३२ जनालाई नियन्त्रणमा लिइ जरिवाना गरि सचेतना कार्यक्रम गरि छोडेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here