धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, २४ साउन ।
धौलागिरी अस्पताल बागलुङको भवन निर्माणका लागि आएका थप १३ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा शुक्रबार गरिएको पिसिआर परीक्षणमा महोत्तरीबाट अस्पतालको ‘सि’ ब्लक भवन निर्माणको लागि बागलुङ आएका थप १३ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । यसअगाडी उनीहरुसँगै आएका २५ बर्षिय एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

भवन निर्माणको लागि साउन १३ गते महोत्तरीबाट १८ जना कामदारहरु बागलुङ आएका थिए । बागलुङ आएलगतै कोरोना परीक्षण गर्दा एक जनालाई संक्रमण पुष्टि भएको थियोभने अन्य १७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

संक्रमित युवासँगै बसेका कारण १७ जनाको पुनः परीक्षण गर्दा ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

महोत्तरीबाट आएर धौलागिरी अस्पतालको ‘सि’ ब्लकमै बसेका उनीहरु एक जनालाई कोरोना पुष्टि भएपछि १७ जनालाई बागलुङ नगरपालिकाको कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमित १३ जनालाई आईसोलेसन कक्षमा लैजानी तयारी गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here