बागलुङ, २३ साउन ।
बागलुङ नगरपालिका–६ लहरेपिपलमा मोटरसाइकले ठक्कर दिँदा एक बृद्ध घाईते भएका छन् ।

बानपा–७ कालिमाटीदेखि बागलुङ बजार आउँदै गरेको ध १ प ४४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोहि स्थानका ७१ वर्षीय नरबहादुर किसान घाइते भएको प्रहरी सहायक निरीक्षक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । घाईते किसानको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

यस्तै मोटरसाइकल चालक बर्ष १९ का दिपेश वि.क. र सवार वर्ष २० का अमृत विक पनि घाईते भएको प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो । उनीहरुको पनि धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रसनि खड्काले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here