
काठमाडौं, २१ साउन ।
सरकारले भोलिदेखि देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
गृहमन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै काठमाडौँ उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।
यस अघि सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
गृहमन्त्रालयले ५ बुँदे निर्देशन जारी गर्दै भनेको छ – ‘काठमाडौँ उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु विहिबारदेखि लागु हुने गरि जोर विजोर नम्बरका आधारमा संचालन गर्ने व्यवस्था गर्ने । यस बर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म आवागमन बन्द गर्ने ।’










