
राजेश आचार्य
बागलुङ, २१ साउन ।
प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेलले सहकारी मार्फत आम नागरिकमा भईरहेको वित्तिय तथा गैह्रवित्तिय कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा वोल्दै यस्तो बताउनुभएको हो ।
वित्तिय कारोवारमा बैंकहरुले समेट्न नसकेको वर्ग र क्षेत्रलाई सिवाइसी सहकारीले समेटेकोले सहकारीको उद्देश्य र शेयर सदस्यको भावना बुझेर अगाडी वढेको भन्दै आफु पनी सिवाईसी को शेयर सदस्य वनेको वताउनु भयो । कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज बलावती शर्माले सहकारी क्षेत्रमा सिवाईसीले गरेको कार्य सह्रानिय रहेको उल्लेख गर्दै सदस्य केन्द्रित सेवालाई सशक्त बनाउन सुझाव दिनुभयो । शर्माले सिवाईसी सहकारीले सवै क्षेत्र समेटेर अगाडी वढेकोले आफु सहकारीको सदस्य वनेको वताउनु भयो । सो अवसरमा सांसद पौडेल र जिल्ला ईन्चार्ज शर्मा सिवाईसीको सदस्य बन्नुभएकोमा स्वागत गरिएको थियो ।
सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले खादा र कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलले टिका लगाई स्वागत गर्नुभएको थियो । सहकारीका अध्यक्ष पौडेलले चाउरिएको अनुहारमा खुसी ल्याउन संस्थाले जन्मदेखी मृत्युपर्यन्तका कार्यक्रमहरु तथा वित्तिय कारोवार मार्फत सदस्य केन्द्रित सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
जिल्लामा केन्द्रिय कार्यालय सहित ११ स्थानवाट सेवाप्रवाह गरिरहेको संस्थाले यसै वर्ष १० वटै स्थानिय तहमा सेवाकेन्द्र स्थापना गरि बित्तिय तथा गैह्रवित्तिय सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ । १ अर्व ५० करोड कुल सम्पत्ति रहेको संस्थामा १० हजार १ सय भन्दा बढि शेयर सदस्य रहेका छन । सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको संचालन र सहसचिव आचार्यको धन्यवाद मन्तव्यसहित कार्यक्रम सम्पन्न भएको थियो ।










