ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

पर्वत, २१ साउन ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टरका सहचालक एक युवाको घटनास्थलमै मृत्यु भएको छ ।

मोदी गाउँपालिकाको वडा नं. ७ राम्जादेउरालीवाट वडा नं–२ देउपुर तर्फ आउँदै गरृेको ग १ त ६२७९ नम्बरको खाली ट्याक्टर सडकबाट तल खस्दा मोदी गाउँपालिका वडा नं. ५ बाजुङका सहचालक २१ वर्षिय युवा विजय नेपालीको मृत्यु भएको हो । अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्रयाक्टरका चालक मोदी गाउँपालीका वडा नं. २ बस्ने सन्तोष बि.क.लाई नियन्त्रणमा लिई थप अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्रोतः न्यूजडबली

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here