मास्क नलगाइ पुलमा पुगेका १५ जनालाई पक्राउ गरि जरिवाना

बागलुङ, १७ साउन
बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गको अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा मास्क नलगाइ घुम्न गएकालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो पुलमा मास्क नलगाइ पुगेकाहरुलाई पक्राउ गरि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । पुलमा भिड बढेको र कोरोना महामारीमा सरकारले मास्क अनिवार्य लगाउन अनुरोध गरेपनि अटेर गरि माक्स नलगाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले १० जना पुरुष र ५ जना महिला गरि १५ जनालाई नियन्त्रणमा लिइ एक सय रुपैयाँ जरिवाना गरि छोडिएको पन्तले जानकारी दिनुभयो ।

प्रशासनका सूचना अधिकारी पन्तले संक्रमण रोग एण्ड २०२० दफा २ को कसुर गरे वापत सोहि एनको दफा ३ को उपदफा १ बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार एक सय रुपैयाँ जरिवाना गरि १ वटा मास्क दिएर कारवाही गरिएको बताउनुभयो । सरकारले लकडाउन खुल्ला गरेपनि कोरोना संक्रमणको जोखिम बढि रहेकोले घर बाहिरा हिड्दा माक्स अनिवार्य लगाउनुपर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भोली आईतबारदेखि कडा रुपमा चेकजाँच गरिने जनाएको छ । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा आईतबारदेखि घर बाहिरा हिड्दा मास्क नलगाइ हिड्नेलाई कडा कारवाही गर्ने निर्णय गरिएको प्रशासनका सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here