पहिरोले धाईरिङका दर्जनौ घर जोखिममा

बागलुङ, १५ साउन ।
पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका दुई दर्जन भन्दा घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउमा खनेको अवेवस्थीत सडकका कारण घर जोखिममा परेका हुन ।

लस्ती एकपाटे सडकको कारण घर परिषरको जमिन भासिएपछी त्रसमा रात वित्ने गरेका जलजला गाउपालिका ७ धाईरिङ चाउकाका विजय रिजालले वताए ।

पहिरोले घरगोठ जोखिमा परेकोले वर्षा हुदा साथ छाता आढेर खेतमा वस्न वाध्य भएको रिजालले वताए । जंगलको विचमा विजय रिजाल र कुल प्रसाद रिजालको मत्रै घर भएकोले नजिक अन्य वस्ती नहुदा पहिरो गएको खण्डमा साहारा लिने घर नभएको रिजालले वताए । सडक वाट पहिरो खसेकोले सौचालन प्रयोग गर्न नमिल्ने गरी चर्किएको छ भने घर परिषमा जमिन चकेकोले जुनकुनै वेला पहिरो खस्ने खतरा रहेको विनोद रिजालले वताए ।

रिजल स्रगै धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् ।

 

पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए ।

मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् ।

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन् । सल्यान र किराखोरको बिचमा रहेको ठूलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध हुने गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here