बागलुङमा एक स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना पुष्टि

बागलुङ, १५ साउन ।
बागलुङमा एक जना स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका एक जना स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

बागलुङको जैमिनी नगरपालिकाका ५२ बर्षिय एक पुरुष स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको प्रमुख गुरौंले बताउनुभयो ।

यस्तै बागलुङ नगरपालिकाका एक, काठेखोला गाउँपालिकाका दुई र बडिगाड गाउँपालिकाका दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपसर्न याम बरालले बताउनुभयो । बरालका अनुसार बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० बर्षिय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका २५ र २४ बर्षिय दुई जना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र३४ बर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्य बागलुङ नगरपालिकाका बहराइनबाट आएका हुनभने अन्य छिमेकी देश भारतबाट आएका हुन् ।

जैमिनीमा स्वास्थ्यकर्मीलाई नै संक्रमणदेखिपछि आजैदेखि कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय अनुसार स्वास्थ्यकर्मी क्वाटरमै बस्ने रहेकाले उक्त क्वाटरमा बस्ने अन्य कर्मचारी सहित उनी फल्डिमा गए नगएको खोजी गरि आज र भोलीसम्म सवैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here