लियो क्लबका अध्यक्ष बोगटीद्वारा जन्मदिनमा गन्दर्भ परिवारलाई खाद्यान्न सहयोग

बागलुङ, १४ साउन ।
लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष सन्देश बोगटीले जन्मदिनको अवसर पारेर बागलुङको एक गन्दर्भ परिवारलाई राहत सामाग्री वितरण गरेका छन् ।

अध्यक्ष बोगटीले बागलुङ नगरपालिका–३ सिम्लेमा रहेका अति बिपन्न पदम बहादुर गन्दर्भको परिवारलाई बुधबार ३ हजार ४ सय बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । लकडाउनका कारण दैनिक जिवीकोपार्जन गर्न समस्या रहेको गन्दर्भ परिवारलाई थोरै भएपनि राहत होस् भन्ने सोचले खाद्यान्न सामाग्री सहयोग गरेको बोगटीले जानकारी दिए ।

बोगटीले चामल, नुन, तेल, दाल, , आलु लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

कोरोना महामारीको कारण देश लकडाउन हुँदा र खुल्ला भएपछि पनि कसैले राहत सहयोग नगरेको पदम गन्दर्भले बताए । उनले अहिले कुनै काम पनि नभएको कारण विहानबेलुका खाना समस्या भएको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here