बागलुङमा थप ६ जनामा कोरोना पुष्टि

बागलुङ, १३ साउन ।
बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षेयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङका निसीखोला गाउँपलिकाका ५ जना र बरेङ गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ प्रकाशित गरेको विज्ञप्ती अन्तरगत निसीखोला गाउँपालिकाका ३५, २७, २६, २८ र २८ बर्षका ५ जना पुरुष र बरेङ गाउँपालिकाका ३३ बर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै बागलुङमा संक्रमितको संख्या २ सय ३८ पुगेको छ । त्यसमध्य एक जनाको मृत्यु भएको छभने २ सय ११ जना निको भइ घर फर्किएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here