४८ घण्टा बितिसक्दा समेत भेटिएनन् टिपर चालक, मंगलबार विहानैदेखि खोजिने

सोमबार खोजी गरिदै । तस्विरः सुर्य लामिछाने क्षेत्री

बागलुङ, १२ साउन ।
बागलुङ नगरपालिका–१ निरयघाट नजिकै शनिबार राती ८ बजेर ३० मिटेमा गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिपर चालक निर्मल पुन सोमबार साँझसम्म समेत फेला परेका छैनन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोलीले आईतबार विहानदेखि साँझसम्म खोजी गर्दा नभेटेपछि सोमबार विहानैदेखि खोजी गरेको थियो तर घट्ना घटेको ४८ घण्टा वित्तिसक्दा समेत टिपर चालक पुन फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपि राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

सोमबार खोजी गरिदै । तस्विरः सुर्य लामिछाने क्षेत्री

डिएसपि रेग्मीले सोमबार विहान पुनः सोहि स्थानमा ठूलो पहिरो गएपछि खोजीमा थप समस्या भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालको नेतृत्वमा सोमबार विहानैदेखि खटिएको टोलीले साँझसम्म खोजी गर्दा नभेटेपछि पुनः मंगलबार विहान ६ बजेदेखि खोजीकार्य अगाडी बढाउने गरि फर्किएको छ ।

सोही घटनाको उद्दारको क्रममा आईतवार ११ बजे ट्रयाक्टर सहचालक २५ बर्षिय धनबहादुर किसान (रोशन)को शव भेटिएको थियो । मृत्यु भएका धनबहादुर किसान बागलुङको मालिका निवासी हुन् । उनको शब धौलागिरी अस्पतालमा राखिएको छ । आज प्रहरीले मुजुल्का संकलन गरिसकेकोले पोस्माटम गर्न बाँकी रहेको छ ।

श्निबार राती गएको पहिरोले एक स्काभेटर, एक टिपर र एक ट्याक्टर पुरेको थियो । स्काभेटरको चालक भागेर ज्यान जोगाउन सफल भएपनि टिपर चालक पुन र ट्याक्टरका सहचालक किसान पहिरोमा पुरिएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here