
बागलुङ, १२ साउन ।
रमेशकुमार सिलवाल पदमुक्त भएको झन्डै तीन सातापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव पुन: नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो ।
विगतमा भन्दा यसपटक उनको छनोट फरक प्रक्रियाले भएको थियो । यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।
राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो । यद्दपी त्यसमा पनि राजीनित प्रभाव भने पूर्ण रुपमा हावी भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका छन् ।
नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता (बागलुङका) लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो । मन्त्री परिसदले श्रेष्ठ र थापालाई आउट गर्दै सिलवाललाई पुनः सदस्य सचिवको जिम्मेबारी दिएको हो ।

सिलवाल प्रधानमन्त्री केपि शर्मा ओली निकट मानिन्छन् । आवेदनमा सिलवालले नामावली दर्ता गराएपछि उनी पुनः सदस्य सचिव हुने धेरैले आकंलन गरिसकेका थिए । पछिल्लो समय नेकपामा शक्तिसंघर्षको लडाइ चलिरहेकोले प्रधानमन्त्रीले पार्टी भित्रको किचलो अन्तयको लागि थापा सदस्य सचिव हुन सक्ने आकलन पनि गरिएको थियो । तर प्रधानमन्त्रीले आफु निकट मानिने सिलवाललाई पुन सदस्य सचिवको जिम्मेबारी सुम्पिएका छन् ।









