स्याङ्जाका १८ जना प्रहरीलाई कोरोना पुष्टि, प्रहरी कार्यालय सिल

वालिङ, १२ साउन ।
स्याङ्जाका १८ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्याङ्जा प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

तीन दिनको अवधिमा २१ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको हो ।

यसअघि संक्रमण देखिएका प्रहरीको सम्पर्कमा आएका १८ जनामा संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

६ दिन अघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीलाई कोरोनाको संक्रमण देखिएको थियो ।

तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जा सिल गरिएको थियो ।
स्रोतः लेखाजोखा न्युज

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here