
बागलुङ, १० साउन ।
बागलुङ नगरपालिका-१ माझीबस्तीदेखि निरयघाट जाने बाटोमा पहिरो गएको छ ।
शनिबार बेलुका साढे ८ बजे पहिरो जाँदा स्काभेटर, ट्रिपर र ट्याक्टर पुरिएका छन् । बानपा–१ का वडासदस्य सुर्य लामिछाने क्षेत्रीका अनुसार स्काभेटर, ट्रिपर र ट्याक्टर चालक सम्पर्कमा नआएको जानकारी दिनुभयो । उहाँले ग १ ख ४६३७ नम्बरको ट्रिपर पुरिएको जानकारी प्राप्त भएपनि स्काभेटर र ट्याक्टरको नम्बर पत्ता नलागेको बताउनुभयो ।
पहिरो गएको स्थानमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने पनि पुग्नुभएको छ । उक्त स्थानमा अहिले पनि पहिरो खसिरहेकोले उद्धारमा समस्या भएको वडासदस्य लामिछानेको भनाई छ ।









