
बागलुङ, ८ साउन ।
म्याग्दीको बेनी नगरपालिका–२ गौस्वाराका वडासदस्य डम्वर पोखरेलले आफ्ना छोरालाई निर्घात कुटपिट गरेका छन् ।
पोखरेलले बुधबार राति रक्सी सेवन गरि २७ बर्सिय छोरा सुमन पोखरेललाई निर्घात रुपमा कुटपिट गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
सुमनको अनुहार र शरिरभरी चोट लागेको छ । उनलाई उपचारको लागि श्रीमती रोशनी पोखरेल धौलागिरी अस्पताल बागलुङ ल्याउनु भएको छ । घाइते पोखरेलको अबस्था मध्यम रहेको र उपचार भैरहेको अस्पतालले जनायको छ ।









