
बागलुङ, ७ साउन ।
बागलुङमा संचालित निजी तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु संगठित भएका छन । उनिहरुले आफ्नो पेशा र हकहितका लागि संस्थागत विद्यालय शिक्षक युनियन जिल्ला समन्वय समिति गठन गरेका छन ।
बुधबार जिल्लामा संचालित विभिन्न संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले चिल्डेन लाईफ बोडिङ स्कुलका शिक्षक दिपक सुवेदीको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा युएस एकेडेमीका ध्रुब रेग्मी र कोरोना एकेडेमीका गणेश आचार्य रहेका छन । त्यसैगरी सचिवमा युएस एकेडेमीका कुमार सापकोटा, सहसचिवमा न्युएभरेष्ट बोडिङ स्कुलका दिनेश रेग्मी र युएस एकेडेमीका मनकुमारी राना कोषाध्यक्षमा फ्युचर ब्राईटर आवासीय माविका शिलशिला श्रेष्ठ रहेका छन ।
समितिको सदस्यमा चिल्डेन लाईफका ज्योती केसी, यलिना ओली, टेक कुँवर, सनराईज आवासीय माविका मनोज पौडेल खुम पुन, आर्दश विद्यामन्दिर माविका मनिष कंडेल, न्युओयसिसका बिशाल केसी अमर आदर्शका कमल कुँवर युएस एकेडेमीका स्मृती पुन शर्मा, फ्युचरका समिर लामिछाने र कालिगण्डकी आवासीय माविका प्रेम विश्वकमा रहेको सचिव कुमार सापकोटाले जानकारी दिए ।
जिल्लामा पहिलो पटक संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु संगठित भएका हुन । समितिले संस्थागत विद्यालयमा कार्यरत शिक्षकको हकहित सहकार्य र उनिहरुको समस्या समाधानको पक्षमा काम गर्ने अध्यक्ष सुवेदीले बताए । उनले संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु एक ढिक्का हुनका लागि केन्द्रिय निर्देशन बमोजिम जिल्ला समन्वय समिति गठन गरिएको बताए । सुवेदीले सदरमुकाम मात्र लक्षित नभएर गाउँगाउँमा संचालित संस्थागत विदालयमा कार्यरत शिक्षकहरुलाई पनि यस संगठनमा समेटने र सबैको सहकार्यमा संगठन अगाडी बढाउने जानकारी दिए । जिल्ला समितिमा सल्लाहाकार र अन्य केही पदाधिकारीहरु मनोनित गर्न बाँकी रहेको युनियनले जनाएको छ ।









