बागलुङका तीन जना सहित गण्डकी प्रदेशमा थप १६ जना संक्रमित थपिए

बागलुङ, ६ साउन ।
मंगलबार दिउँसो गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दिउँसो ३ः१५ मा प्रकाशित गरेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको जैमिनी नगरपालिका २ जना, बागलुङ नगरपालिकाका १ जना, लमजुङका ६ जना र स्याङ्जाका ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ४५ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here