ताराखोलामा थप तीन जनालाई कोरोना पुष्टि, बागलुङमा संक्रमित संख्या २२७ पुग्यो

बागलुङ, ६ साउन ।
बागलुङको ताराखोला गाउँपालिकामा थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ताराखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५, ४३ र २५ बर्षका तीन जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

संक्रमितहरुलाई धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा ल्याइने तयारी गरिएको प्रमुख गुरौले बताउनुभयो ।

यससँगै बागलुङमा संक्रमितको संख्या २ सय २७ पुगेको छ । त्यसमध्य २ सय ३ जना निको भएर घर फर्किएका छनभने १ जनाको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here