
बागलुङ, ६ साउन ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अन्तरगत कुश्मा नगरपालिका–१, नयाँ पुलमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सोमबार राती ११ बजेदेखि सडकमा माथिबाट पहिरोसँगै ठूलो ढुंगो खसेपछि सडक अवरुद्ध भएको हो ।

अहिले सडकमा खसेको ढुंगा फोड्ने र पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडकमा खसेको ढुंगालाई स्काभेटरको सहायताले हाउन नसकिएपछि ब्रेकरको सहायताले फुटाल्नुपर्ने अवस्था रहेकोले सडक खुलाउन केहि समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपि विश्वराज अधिकारीले जानकारी दिनुभयो ।









