
म्याग्दी, ५ साउन ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनामा पानीको सतह बढेसँगै पुलमा क्षती पुगेको छ ।
आइतबार राती भिषण बर्षासँगै उर्लिएको झरनाले बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुस्ताङ जाने पुलसँगै नजिकै रहेको होटलमा समेत क्षती पुगेको दानाका स्थानीय सुजन बुढाथोकीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।
‘रुप्से आसपासमा ठूलो क्षती भएको बताइएको छ,‘जानसक्ने अवस्था छैन्, नजिकै एउटा बस र मेसिन समेत थियो’ बुढाथोकीले भन्नुभयो । उहाँका अनुसार माथिल्लो क्षेत्रमा बर्षाभएपछि रुप्से झरना ह्वात्तै बढेको छ । पुल समेत बगाएको आशंका गरिएपनि आसपासमा क्षेत्रमा जाने अवस्था नरहेको स्थानीयको भनाई छ ।
झरना आसपासको क्षेत्र कटान गरेको काभ्रेका स्थानीयको भनाई छ । उत्तरी म्याग्दी हुदै बग्ने कालिगण्डकी नदीको सतह ह्वात्तै बढेकाले तटिय क्षेत्रमा सावधानी अपनाउन समेत अपिल गरिएको छ ।
कालिगण्डकी नदीसँगै ठाडो खोलाको बाहब बढेकाले सदरमुकाम बेनीको बसपार्क आसपासका क्षेत्रमा समेत सर्तक माथिल्लो क्षेत्रबाट निरन्तर फोन आइरहेको छ । कालिगण्डकी र रुप्से झरनाबाट भएको क्षतीको थप विवरण प्राप्त भएको छैन् । उत्तरी क्षेत्रमा भिषण बर्षा भइरहेको छ ।
Soc: benionline









