
बागलुङ, ५ साउन ।
लायन्स क्लब अफ बागलुङ पिस टाउनले आज सोमबार गौरीधाम शिव मन्दिरमा भक्तजन र लोकतान्त्रिक चोकमा पैदलयात्रीहरुलाई माक्स र सेनिटाइजर वितरण गरेको छ ।
पिस टाउनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकधामको लागि साउनको पहिलो सोमबार बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिव मन्दिरमा पूजाआजको लागि गएका भक्तजनहरु र वडा नम्बर २ को लोकतान्त्रिक चोकमा पैदल यात्रीहरुलाई २ हजार २ सय थान माक्स वितरण गरेको हो । यस्तै गौरिधाम शिव मन्दिर व्यवस्थापन समितिलाई ५ सय थान माक्स र २ लिटर सेनिटाइजर हस्तान्तरण गरेको पिस टाउनकी अध्यक्ष रमा घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष घिमिरेले आम नागरिकलाई कोरोनाको बारेमा अझै सचेत रहन र सुरक्षित र सामाजिक दुरि कायम गरि आफ्नो दैनिक जीवनयापन गर्नको लागि जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनुभयो ।
गौरिधाम शिव मन्दिर व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री वितरण समारोहमा लायन्स डिष्ट्रक ३२५ बि १ नेपालका सिनियर एओजी लायन दुर्गा कुँवरले लायन्स क्लब अफ बागलुङ पिस टाउनले कोरोना महामारीमा जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री वितरण गर्नु राम्रो कार्य भएको बताउनुभयो ।
उक्त अवसरमा रिजन चेयरपर्सन एमजेएफ लायन पार्वती अकिारी, जोन चेयरपर्सन लायन गोविन्द बहादुर पौडेल, गौरिधाम व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसी, डिस्ष्ट्रीक पिआरओ लायन चन्द्र रेग्मी, डिपार्टमेन्ट अफिसर लायन नरेश कंडेल, डिष्ट्रीक चेयरपर्सन लायन सनिषा घर्ती, डिष्ट्रिक चेयरपर्सन लायन मिना जिसी कंडेलको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ बागलुङ पिस टाउनकी अध्यक्ष रमा घिमिरेकी अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहसचिव सिता पुनले संचालन गर्नुभएको थियो ।










