
जिवनकला खत्री ‘सरिता’
बागलुङ (गल्कोट), ४ साउन ।
गलकोट नगरपालिकाले निर्माण गरेको नरेठाटि स्वास्थ्य चौकिको प्रि आईसोलेसनवाट आज कोरोना मुक्त भई ८ जना घर फर्केका छन् ।
उनिहरुको दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएसंगै उनिहरुलाई होम क्वारेन्टाईनमा वस्नको लागि आग्रह गर्दै घर पठाईएको गलकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिनुभयो । त्यस्तै आजै कोरोना रिपोर्ट पोजेटिभ आएका २ जनालाई आईसोलेसनमा राखिएको छ ।
नरेठाँटि स्वास्थ्य चौकिको प्रि आईसोलेसनमा हालसम्म ७ जना उपचारत रहेका छन् । गलकोटका विभिन्न क्वारेन्टाईनमा रहेका १७ जना आज कोरोना रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाईनमा गएका छन् । गलकोट नगरपालिकामा हालसम्म २ सय ८५ जना क्वारेन्टाईनमा वसेका छन् ।
यसैविच गलकोट नगरपालिकामा आज ३७ जनाको कोरोना परिक्षणको लागि स्वाव संकलन गरिएको गलकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।









