
बागलुङ, ४ साउन ।
बागलुङमा आईतबार कोरोनाका २ जना संक्रमित थपिएका छनभने २ जना निको भएका छन् ।
क्षयरोप उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आईतबार विहान २ जनालाई संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार विहान प्रकाशित गरेको विज्ञप्ती अनुसार बागलुङको बडिगाड गाउँपालिकाका २६ बर्षिय पुरुष र काठेखोला गाउँपालिकाका २६ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई क्वारेन्टाइनबाट आइसोलेसन कक्षमा पु¥याइएको छ ।
यस्तै बागलुङ नगरपालिका–१ बाङ्गेचौरको धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा रहेका २ जना कोरोना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमण पछि आइसोलेसन कक्षमा रहेका बागलुङ नगरपालिका–७ का २८ बर्षिय पुरुष र वडा नम्बर ११ रायडाँडाका २९ बर्षिय पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
कोरोना निको भएर घर फर्किएकाहरुलाई २ हप्ता होम आइसोलेसनमा बस्न आग्रह गरिएको प्रमुख खनालले बताउनुभयो ।









