विपन्न फुटबल खेलाडीलाई राहत वितरण गर्न समिति गठन

बागलुङ, ३ साउन ।
जिल्ला फुटबल संघ बागलुङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित बनेका जिल्लाका विपन्न फुटबल खेलाडीहरुलाई राहत वितरण गरिने भएको छ ।

संघको शुक्रबार बसेको बैठकले राहत वितरण गर्नको लागि विपन्न खेलाडी छनोट समिति गठन गरेको छ ।

संघको उपाध्यक्ष रेशम गोतामेको संयोजकत्वमा तीन सदस्य विपन्न खेलाडी छनोट समिति गठन गरेको अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।

समितिको सदस्यमा कोषाध्यक्ष सुर्य लामिछाने क्षेत्री र सदस्य रुविना श्रेष्ठ थापा रहनुभएको छ । समितिले सोमबार (साउन ५ गते)सम्म खेलाडीहरुको नामावली संकलन गर्ने छ ।

समितिले कोरोना महामारीबाट प्रभावित भएका जिल्ला लिग खेलेका खेलाडीहरु र व्यवसायी फुटबल खेल्दै आएपनि अहिले रोजगारी विहिन भएका ए डिभिजन, वि डिभिजन र सि डिभिजन खेलेका खेलाडीहरुको नामावली संकलन गर्ने संघका अध्यक्ष गुरुङ जानकारी दिनुभयो । अखिल नेपाल फुटबल संघले कोरोना महामारीबाट प्रभावित भएका खेलाडीहरुलाई राहत वितरण गर्नको लागि तोकेको मापदण्ड अनुसार खेलाडीहरु छनोट गरि राहत वितरण गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here