राखेपको सदस्य सचिवमा बागलुङका थापाको आवेदन

बागलुङ, १ साउन ।
बागलुङको बरेङ गाउँपालिका–२ का लिलबहादुर थापा मगरले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदमा आवेदन दिएका छन् ।

खेलकुद विकास विधेयक २०७७ अनुसार नेपालको खेलकुद इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिबका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेसंगै बागलुङका थापा सहित २७ जनाले सदस्य सचिब बन्न पाउँ भन्दै आवेदन दर्ता गराएका छन् ।

सदस्य सचिवको लागि निवेदन दिएका थापा नेपाल भलिबल संघको दुई पटक केन्द्रिय उपाध्यक्षको रुपमा र आइटिएफ तेक्वान्दोको संस्थापक सदस्यको रुपमा काम गरिसकेका छन् ।

सदस्य सचिवको लागि निवेदन दिएका २७ जना मध्ये बागलुङका थापा मगर राजनीतिक रुपमा सबै भन्दा ह्याभिवेट व्यक्ति हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)का केन्द्रिय सदस्य रहेका थापा तत्कालिन माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका निकट छन् ।

उनी बागलुङ जिल्लाको पूर्व जिविस सभापति समेत हुन ।

नेकपामा आन्तरिक शक्ति संघर्षको लडाइ चलिरहेको बेला नेकपाका प्रभावशाली नेता रायमाझीको जोडबलमा मगरले सदस्य सचिवमा बाजी मार्ने प्रबल सम्भावना रहेको छ ।

यसै गरि निवेदन दर्ता गराउनेमा निवर्तमान सदस्य सचिब रमेश कुमार सिलवाल समेत रहेका छन् । उनले वुधबार आफ्ना प्रतिनिधी मार्फत निवेदन दर्ता गराएका हुन ।

खेलकुद विधेयक आए संगै करिव एक वर्षको कार्यकाल सदस्य सचिबको कार्यभार सम्हालेका उनले आफ्नो चारवर्षको कार्यकाल पुरा नहुँदै विदा दिएकोमा मन्त्री संग रोष समेत प्रकट गर्दै आफु सदस्य सचिब बन्न कुनै आवेदनको खाँचो समेत नर्पने बताउँदै आएका थिए । प्रधानमन्त्री केपी ओलीका निकट रहेका उनी पहिलो दावेदारका रुपमा हेरिएको छ ।

छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती हुन लागेको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । २०४६ सालपछि जसले खेलकुद मन्त्रालयको नेतृत्व गर्छ त्यहि पार्टीका नेता कार्यकर्तालाई सदस्य सचिव नियुक्त गर्ने परम्परा थियो ।

गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।

नयाँ ऐन अनुसार मन्त्रालयले सदस्य सचिव चयनको लागि एक महिला सहित दुई विज्ञ राखेर सिफारिस समिति बनाउनुपर्ने उल्लोख गरेको थियो । सोहि अनुसार मन्त्रालयले सचिव रामप्रसाद थपलियाँको नेतृत्वमा खेलकुद विज्ञको रुपमा इन्दिरा निरौला र रिम रानाभाटको सिफारिस समिति गठन गरिसकेको छ ।

समितिले उम्मेदवारको कार्य योजना सहित दर्खास्त आह्वान गरेको थियो । निवेदकले प्रस्तुत गरेका कार्य योजनाको अध्ययन गरेर सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ । समितिले सिफारिस गरेको नामलाई खेलकुद मन्त्रालयले मन्त्रीपरिषद्मा लैजानेछ । खेलकुद मन्त्रीले प्रस्ताव गरेको तीन जनाको नाम मध्य एक जनालाई मन्त्रीपरिषद्ले सदस्य सचिवमा नियुक्त गर्नेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here