सुवेदी दम्पतीद्वारा लघुबित्त संस्थालाई घरभाडा छुट

बागलुङ, १ साउन ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानका कृष्ण सुवेदी र मिना सुवेदीले असार महिनाको घर भाडा छुट गरिदिएका छन् ।

सुवेदी दम्पतीले घरमा भाडामा कार्यालय संचालन गर्दै आएको उन्नति लघुबित्त बित्तिय संस्थालाई असार महिनाको भाडा छुट गरिदिएका हुन् । सुवेदी दम्पतीले असार महिनाको दश हजार रुपैयाँ घर भाडा छुट गरिदिएको लघुबित्तका शाखा प्रमुख चन्डी शर्मा पाठकले जानकारी दिनुभयो ।

लघुवित्त संस्थाले यस अगाडी बागलुङ नगरपालिकाको कोरोना विपद कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here