आज बिहानै बागलुङमा २ सहित गण्डकीमा ३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १ साउन
गण्डकी प्रदेशको बाग्लुङ र स्याङजामा गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा बाग्लुङमा २ र स्याङजामा एक जनामा कोरोना पुष्टि भएको हो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २३१ पुगेको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here