
बागलुङ, ३१ असार ।
बागलुङ बजारबाट म्याग्दीको बेनी बजार जाँदै गरेको टयाक्सी पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।
आज साँझ फर्सेमा ध १ ज २८५ नम्बरको ट्याक्सी दुर्घटना हुँदा चालक म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ गलेश्वर बस्ने ४५ बर्षिय दिलबहादुर सार्की, सोही ठाउँकी ४० बर्षिया पार्बती बिक, सोही ठाउँकै ६ बर्षिय दिप्सन बिक र सोही ठाउँकी १३ बर्षिया रिस्ती बिक घाइते भएका छन ।
घाइतेको अबस्था सामान्य रहेको र म्याग्दी अस्पताल बेनीमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अचानक ब्रेक फेल भएपछि ट्याक्सी सडकबाट ६ मिटर तल खसेर दुर्घटना भएको थियो ।









