ढोरपाटन नगरपालिकाका इन्जिनियर घुस सहित पोखरामा पक्राउ

बागलुङ, ३१ असार ।
बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ परेका छन् ।

उपभोक्ता समितिको सबै हरहिसाब मिलाइदिन्छु भन्दै घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारको पोखरास्थित कार्यालयका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए ।

इन्जिनियरा अधिकारीलाई अख्तियारको टोलीले पोखराको जिरो किमिबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । उनी पोखरामा बस्दै आएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here