कालीगण्डकीमा टिपरसहित चालक बेपत्ता

सन्तोष गौतम
बेनी, ३० असार ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ गुइठेभिरबाट खसेर मंगलबार टिपरसहित चालक वेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

टिपरसहित चालक म्याग्दीको मंगला गाउपालिका-५ का करिब २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएका डिएसपी किरनजंग कुँवरले बताए । ‘साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको जानकारी खाएको छ,’ उनले भने, ‘केही तलसम्म बगाएको देखेपनि कहाँ पु¥यायो भन्ने अत्तोपत्तो छैन् ।’

टिपर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी-जोमसोम सडक फेरी अवरुद्ध भएको छ ।

यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो । सडकअवरुद्ध हुदाँ मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकाका बासिन्दालाई आवत जावत र ढुवानीमा समस्या भएको छ ।

soc: annapurnapost

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here