
घनश्याम गौतम
बागलुङ (गलकोट), २९ असार ।
गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरको वडा कार्यालयमा आज स्थानीयले ताला लगाएका छन् ।
कोरोना भाईरस सक्रमितको ब्यबस्थापनमा वडा कार्यालयले खेलवाड गरेको भन्दै वडा कार्यालय तालाबन्दी गरेको स्थानियले बताएका छन् । कोरोना संक्रमितलाई होम क्वारेन्टाईनमा राख्ने भन्दै घरमा पठाएको आरोप लगाउदै स्थानियले आज कार्यालय तालाबन्दी गरेका हुन् ।
वडा अध्यक्ष संग कोरोना सक्रमितको ब्यबस्थापन बारे बिशेष छलफल गर्न र होम क्वारेन्टाईनमा रहनुभएकी एक महिलालाई सुरक्षित राख्ने ब्यबस्था मिलाई समुदायमा कोरोना फैलिन नदिन आग्रह गर्न वडा कार्यालयमा गएका थियौ, स्थानीय गजेन्द्र रानाले बताउनुभयो । छलफलको क्रममा अध्यक्ष नारायण ध्वज मल्लले आफ्नो सुरक्षा आफै गर्नु भन्दै बिचमै हिडेपछि तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ ।
गलकोट नगरपालिका वडा नम्वं ५ को सिमलबोटमा केही दिन पहिले दुबैबाट आउनुभएकी एक महिलाको असार २७ गते गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । अन्य ब्यक्तीलाई क्वारेन्टाईनमा राख्दा महिलालाई क्वारैनटाईनमा नराख्ने जस्ता क्रियाकलाप गर्ने, एम्बुलेन्समा घरमा प्र्याउने जस्ता काम अध्यक्ष मल्लले गरेको स्थानियको भनाई छ ।
आज सार्वजनिक भएको कोरोना रिपोर्ट पोजेटिभ देखीएपछि ब्यबसथापनको माग बोकेर सिमलबोट बासी वडा कार्यालयमा आएको स्थानिय बिष्णु बिकले बताउनुभयो । ति महिलााई होम क्वारेन्टाईनमा बस्न वडा अध्यक्षले गाडिको ब्यबस्था गरि घरमा ल्याएको स्थानियको आरोप छ ।
ति कोरोना सत्रंmमित ब्यक्ति होम क्वारेन्टाईनमा बस्दा सामान्य शौचालय, धारा, लगाएतका मापदण्ड पुरा नभएको भन्दै परिबारको सबैको कोरोना परिक्षण गनुृपर्नेमा स्थानिय वीपिन श्रीसले माग गर्नुभयो । स्थानीयले समुदायमा कोरोना फैलाउन वडा अध्यक्ष उद्धत रहेको आरोप समेत लगाएका छन् ।
तर वडा अध्यक्ष नारायण ध्वज मल्लले भने धौलागीरी अस्पतालमा स्वाव दिनुभएकी उहाँको २ ओटा घर रहेको र महिला भएकोले होम क्वारैनटाईनमा ब्यबस्थीत रुपमा बस्न आग्रह गदैं घरमा पठाएको बताउनुभयो ।
कोरोना सक्रमितलाई तत्काल ब्यबस्थापन गरि अन्य बिषयमा छलफल गरौं, तपाईहरुको आवाज बोकेर नगरमा म जान्छु थप क्न्ट्याक टे्रसिङ गरि परिक्षण गरौ भन्दा अनुगमन नगर्ने, सिमलबोटमा कोरोना पठाउने भन्दै आक्रोश ब्यक्त गरेपछि आफ्नो सुरक्षा आफै गर्नुको बिकल्प नभएको बताएको स्पष्ट पार्नुभयो ।
त्यो छलफलबाट आफु संक्रमितलाइृ आईसोलेशनमा पठाउनको लागी निस्कीएको समयमा वडामा ताला लगाएको अध्यक्ष मल्लको भनाई छ । उहाँले स्थानीयको माग बमोजिम अगाडी बढ्ने जनाउदा समेत वडाका कर्मचारी बाहिर बोलाएर ताला लगाएको बताउनुभयो ।
Soc: galkotfm









