बागलुङमा थप २ जनालाई कोरोना पुष्टि

बागलुङ, २९ असार ।
बागलुङमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको गल्कोट नगरपालिकामा २२ बर्षिय महिला र तमानखोला गाउँपालिकामा २३ बर्षिय पुरुषलाई कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा २ जनालाई संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकी गल्कोटकी २२ बर्षिय महिला दुवईबाट फर्किएकी हुन् । उनलाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा राखिएको छ । तमानखोलाका संक्रमित पुरुषलाई ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसनमा भर्ना गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here