
बागलुङ, २९ असार ।
बागलुङमा थप ५ जना कोरोना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका मध्य ५ जनाको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज (सोमबार) डिस्चार्ज गरिएको छ ।
क्षयरोग क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतबार गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिकाका ३७, ६५, ३५, २१ र २१ वर्षका ५ जना पुरुषको दोस्रो रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
यससँगै बागलुङ कोरोना निको भएर घर फर्किनेको संख्या एक सय ८३ पुगेको छ ।









