
बागलुङ, २९ असार ।
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका युवाहरु सामाजिक सेवामा सक्रिय बनेका छन् । भीमापोखरामा पछिल्लो टोल–टोलमा सडक निर्माण भएपछि घाँस दाउरा गर्नेहरुलाई विसौनीको समस्या भएको भन्दै युवाहरुले चौपारी निर्माण गरेका छन् ।
‘पहिले चौपारी भएको ठाउँबाटै सडक निर्माण गर्दा चौपारीहरु भत्काइएको थियो,’ युवा प्रदिप शर्माले भने–‘दैनिक घाँस दाउरा गर्दा थकाइ मेट्नको लागि चौपारीहरु नहुँदा सवैलाई गाह्रो भएकोले युवाहरुको सक्रियतामा चौपारी निर्माण गरिएको हो ।’

शर्माले हाल मुल्ठानादेखि पतिस्वारा जाने बाटोमा र चेप्टेढुंगामा गरी दुई ठाउँमा चौपारी निर्माण गरिएको जानकारी दिए । उनले दुई दिनमा २० जना युवाहरुले चौपारी निर्माण गरेको बताए ।









