
बागलुङ, २८ असार ।
बागलुङका थप ७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा उपचाररत ७ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
सूचना अधिकारी गौतमका अनुसार काठेखोला गाउँपालिकाका २९ बर्षिया महिला सहित २७, २४ र ३४ बर्षिय तीन जना पुरुष र जैमिनी नगरपालिकाका २१ बर्षिय पुरुष, बागलुङ नगरपालिकाका २५ बर्षिय पुरुष र बरेङ गाउँपालिकाका २४ बर्षिया महिलाको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको बताउनुभयो ।
यससँगै बागलुङ कोरोना निको भएर घर फर्किनेको संख्या एक सय ७८ पुगेको छ ।









