
बागलुङ, २७ असार ।
बागलुङमा कतारबाट आएका एक पुरुष सहित थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङको बडिगाड गाउँपालिकाका एक पुरुष र गल्कोट नगरपालिकाका २ पुरुषलाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ती प्रकाशित गरि जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बडिगाड गाउँपालिकाका २८ बर्षिय एक जना पुरुष र गल्कोट नगरपालिकाका २५ र ३५ बर्षिय दुई जना पुरुषलाई संक्रमण देखिएको हो । बडिगाडका युवा कतारबाट आएका हुन् । उनी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।
यससँगै बागलुङमा संक्रमितको संख्या २ सय १६ पुगेको छ ।









