दुदिलाभाटिमा फोहोरमैला व्यवस्थापनका लागि डस्टबिन वितरण

राम खत्री
बागलुङ, २६ असार ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका १ दुदिलाभाटिले फोहोर राख्ने डस्टबिन बितरण गरेको छ ।

वडा कार्यालयले नगरपालिबाट प्राप्त १ लाख रुपैयाँ बजेटमा ४० वटा डस्टविन खरिद गरि वितरण गरेको हो ।

स्वस्थ सफा सुन्दुर दुदिलाभाटीका लागि नगरपालिकाको १ लाख रुपैयाँ सहयोगमा ४० ओटा डस्टविन खरिद गरि वडा भित्रका ११ वटा विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयलाई वितरण गरिएको वडाअध्यक्ष नेत्र बुढाथोकीले जानकारी दिनुभयो ।

साविक दुदिलाभाटि गा वि स भित्रका ९ वटा वडाका विद्यालयलाई एउटा र एउटा दिने गरी ४/४ वटा, वडा कार्यलयलाई एउटा साथै स्वास्थ्य चौकीलाई एउटा गरि ४० वटा डस्टविन विद्यालयका प्रतिनिीधी, टोल विकास समितिका संयोजकलाई हस्तान्त्रण गरिएको थियो ।

वडा कार्यलयले प्रदान गरेको डस्टबिनले टोलमा उत्पादन हुने फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने भन्दै डस्टविनलाई वडाका पायक पर्ने स्थानमा राखिने स्थानीय टोल विकास समितिका संयोजकले बताएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here