
पर्वत, २६ असार ।
पर्वतको जलजला गाउँपालिकामा चितुवाको आक्रमण्बाट एक महिला ाईते भएकी छिन् ।
जलजला–४ फड्के ढुंगामा बिहिबार साँझ चितुवाको आक्रमणबाट ५१ बर्षिय शुभाकुमारी मल्ल घाईतै भएकी हुन् ।
पर्वतको जलजला गाउँपालिका वडा न ४ फड्के ढुंगामा बिहीबार साँझ चितुवाको आक्रमणबाट ५१ बर्षिया सुभाकुमारी मल्ल घाइते भएकी हुन ।
घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अचानक चितुवाले आक्रमण गर्दा घाँटी, हात र खुट्टामा चोट लागेको छ । घाइते मल्लको तत्कालै उद्दार गरि म्याग्दीको बेनी अस्पतालमा उपचार भैरहेको प्रद्रेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाइतेको अबस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।
दुई हप्ता अगाडी जलजला गाउँपालिकाकै वडा नं ७ मिलनचोकको केराबारीमा हिडीरहेको जिउँदो चितुवालाई स्थानिय र प्रहरीले समाएर बजार डुलाएका थिए । जिउँदो चितुवालाई बजार डुलाएको र सेल्फी खिचेको भिडीयो सामाजिक सञ्जालमा समेत चर्चित भएको थियो । उक्त चितुवालाई जिल्ला वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जमा पठाएको छ ।
केहि समय पहिले उक्त क्षेत्रमा जिउँदो चितुवालाई दाम्लोले बाँधेर जिल्ला वन कार्यालय पर्वत लगिएको थियो ।
soc: newsdabali.com









