
बागलुङ, २६ असार ।
गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान १० बजेर २० मिनेटमा प्रकाशित गरेका विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा बागलुङका एक जना सहित तनहुँका ८ जना, पर्वतका एक जना, गोरखाका १ जना र नवलपरासी (बर्दाट सुस्ता पूर्व)का २ जनालाई संक्रमित पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बागलुङको गल्कोट नगरपालिकाका २५ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार १ सय ६२ पुगेको छ ।










