
साधन राम्जाली
म्याग्दी, २६ असार ।
गयरातीदेखी परेको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ्गका विभिन्न ठाउँमा पहिरोले घर बगाउँदा करिब २१ जना बेपत्ता भएका छन् ।
वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङ्गका रिखमा दुई घरका ७ जना, राम्चेमा दुई घरका १० जना, कल्लेनीमा दुई घरका ३ जना र ठुलो गाउँमा एक जना बेपत्ता भएका छन् ।
निरन्तर परेको अविरल बर्षा र टुवालोका कारण क्षतीको विवरण संकलनमा कठिनाई भएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कुम्रीमा वडा कार्यालयको भवन सहित छ घर पहिरोले बगाएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कुम्रीमा भने मानविय क्षत नभएको उहाँको भनाई छ ।









