काठेखोलाका शिक्षकलाई इमिश तालिम

बागलुङ, २५ असार ।
काठेखोला गाउँपालिका अन्तरगतका ५६ विद्यालयका प्रधानाध्यापक र कम्प्युटर शिक्षकहरुलाई तीन दिने इमिश सम्बन्धी तालिम दिइएको छ ।

काठेखोला गाउँपालिका शिक्षा, खेलकुद तथा युवा शाखाको आयोजना र प्रविधिमैत्री शिक्षक समाज नेपाल बागलुङ शाखा र सामाजिक अध्ययन तथा अनुशन्धान समाज नेपाल बागलुङ शाखाको संयोजनक र प्राविधिक सहयोगमा असार २२ गतेदेखि २४ गतेसम्म भर्चुअल माध्यम मार्फत तालिम दिइएको हो ।

तालिममा प्रविधिमैत्री शिक्षक समाज नेपाल प्राविधिक समितिका केन्द्रिय सदस्य झापाका शिक्षक पुन्यप्रसाद ढुंगानाले प्रधानाध्यापक र कम्प्युटर शिक्षकलाई विद्यालयले अनिवार्य रुपमा भर्नुपर्ने विद्यार्थीहरुको संखया, आर्थिक अवस्था, विद्यालय छोडेका विद्यार्थीहरुको विवतरण लगायतका फर्महरु भर्ना प्रशिक्षण दिनुभएको थियो ।

बुधबार सम्पन्न तालिमको समापन समारोहमा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले अहिलेको युगमा प्रविधिमैत्री रहेकोले शिक्षकहरु प्रविधिमा पोख्त हुनुपर्ने बताउँदै गाउँपालिकाले प्रविधि मैत्री शिक्षामा जोड दिएको बताउनुभयो ।

समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर वि.क., सामाजिक अध्ययन तथा अनुशन्धान समाज नेपाल बागलुङ शाखाका उपाध्यक्ष मञ्जु थापा, गाउँपालिकाका स्रोत व्यक्ति रामानन्द कंडेल, भिमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक रघुनाथ कंडेल, अमृतपानी आधारभूत विद्यालयका प्रधानाध्यापक डिलप्रसाद कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठेखोला गाउँपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका शिक्षा अधिकृत रमा उपाई ठकुरीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको स्वागत मन्तव्य प्रविधि मैत्री शिक्षक समाज बागलुङ शाखाका अध्यक्ष चन्द्रबहादुर खड्का र संचालन सामाजिक अध्ययन तथा अनुशन्धान समाज नेपाल बागलुङ शाखाका अध्यक्ष एवं प्रविधि मैत्री शिक्षक समाज नेपालका केन्द्रिय सदस्य डिल्लीराज उपाध्यायले संचालन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here