नेकपा विभाजनको विपक्षमा जिल्लाका विपक्षी तथा अन्य राजनीतिक दल

बागलुङ, २५ असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुग्दा धेरैले पार्टी फुटको संघारमा पुगेको अड्कल गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकमो बहुमत सदस्यले प्रधामन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा माग गरे पछि प्रधामन्त्री संकटमा परेका छन् ।

पार्टी भित्रैबाट आफ्ना राजीनामा माग लगतै प्रधामन्त्री ओलीले चालु वर्खाे अधिवेशन अन्त्य गरे । संसद स्थगन भए पछि पार्टी भित्र र बाहिरबाट प्रधामन्त्रीले पार्टी फुटाउन सजिलो हुने गरी विद्येयक ल्याउने लक काटेका छन् ।

नेकपाको विवाद पार्टी फुटसम्म पुग्न थालेकाले तत्काललाई स्थायी कमिटी बैठक स्थगित छ । नेकपाका दुवै अध्यक्ष छलफलमा जुटेका छन् । पार्टी एकतामा ‘बोल्ड डिसिजन’ लिएका केपी ओली र प्रचण्डले फुटको संघारमा रहेको पार्टीलाई एकबद्ध गराउन पनि निर्णय सहमतिको प्रतिक्षमा नेकपाका नेता कार्यकर्ता तथा अन्य शुभेच्छुकहरु रहेका छन् ।

नेकपाको विवाद नेकपाका नेता कार्यकर्तालाई मात्रा होईन यसले विपक्षी दलका नेता कार्यकता तथा आम सर्वसाधारणलाई पनि उत्तिनै चासोको विषय बनेको छ ।

विश्वभर कोरोना संकट छ । नेपालमा पनि कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेको छन । कोरोना संकट फैलिरहेको बेला, नेपाल भारतको सिमा विवाद पनि चर्काे रुपमा उठेको छ । नेपालले आफ्नो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा संविधानमा समेट पछि दुई छिमेकीबीचको सम्बन्धमा चिसोपन आएको छ ।

कोरोना संकट र राष्ट्रिय अखण्डको मुद्दा पेचिलो भएको बेला नेकपाको विवाद, सरकार परिवर्तनको विषयलाई जिल्ला तहका विपक्षी नेताहरुले बेमौषको बाजा भनेको छन् । सरकार परिर्वनको औचित्य नभएको टिप्पीण गरेका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमाम बोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाले भने– यो समय सरकार फेर्ने बेला होईन, राष्ट्रिय एकताको समय हो ।’ कोरोना संकट समाधान र भुमि फिर्ता लिने समयमा सत्तारुढ दल नै विवादीत भए पछि जनताले के आसा गर्ने ।’ अध्यक्ष थापाले नेकपा सरकार परिवर्तनमा लाग्न काँग्रेस मुखदर्शक भएको बताए ।

नेपाली काग्रेसका जिल्ला पार्टी सचिव किरण पौडेलले संसदीय अभ्यास नै फिल हुने गरी कुनै पनि पार्टी गतिविधि केन्द्रित हुनु दुःखद भएको टिप्पणी गरे । ‘नेकपाकै नेता काँग्रेसको साथ मागेको सुनियो उनले भने–‘बनको बाघ घरमा आए के गर्ने त ?

नेकपा गण्डकी प्रदेश कमिटी सदस्य तथा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले सरकारको कार्यशैली चित्त नबुझे सुधार तर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै सकार परिवर्तनको खेलमा लाग्नु प्रतिउत्पादक हुने बताए । मेयर पौडेलले देशका कार्यकारी प्रत्येक्ष निर्वाचित हुनुपर्ने मत जाहेर गरेका थिए । स्थानीय तहका प्रमुखलाई नगर तथा गाउँसभाले निर्वाचित गर्ने भए धेरै मेयर÷अध्यक्ष फेरि सक्थे उनले भने ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here