बागलुङमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१२ पुग्यो

बागलुङ २५, असार ।
बागलुङमा आज थप २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

बागलुङको काठेखोला गाउँपालिकाका २२ र ३९ वर्षका दुई पुरुष कोरोना संक्रमण पुष्टि भएको काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र लामाले जानकारी दिनुभयो ।

यससँगै बागलुङमा संक्रमितको संख्या २१२ पुगेको छ भने १७१ जना निको भएर फर्की सकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here