कोरोनालाई जितेर काठेखोलाका ७ जना घर फर्किए

फाइल फोटो

बागलुङ, २४ असार ।
कोरोनालाई जितेर बागलुङमा एकै दिन ७ जना घर फर्किए । कोरोना संक्रमण देखिएपछि बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएका उनीहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा बागलुङको काठेखोला गाउँपालिकका ७ जना संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकका अनुसार काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका २९ र २६ वर्षका २ जना पुरुष, वडा नम्बर ५ विहुँका २३ र २० वर्षका २ जना पुरुष, वडा नम्बर ६ विहुँका ३५ वर्षका एक जना पुरुष र वडा नम्बर ७ रेशका ५० र २६ वर्षका दुई जना पुरुषको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

उनीहरुलाई गाउँपालिकाले आइसोलेसनबाट निकालेर घरमा १४ दिन होम क्वारेन्टाइनमा रहने गरि पठाएको छ ।

यससँगै बागलुङमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय २२ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here