गल्कोटमा थप एक महिलालाई कोरोना पुष्टि

बागलुङ, २३ असार ।
बागलुङको गल्कोटमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाकी २४ बर्षिय महिलालाई संक्रमण पुष्टि भएको गल्कोट नगरपालिका स्वास्थ्य शाखाकी हेल्थ अस्सिटेन्ट मिरा शर्माले जानकारी दिनुभयो ।

संक्रमित महिलालाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

यससँगै बागलुङमा संक्रमितको संख्या २ सय १० पुगेको छ । त्यसमध्य १ सय १५ जना निको भएर घर फर्किएका छनभने एक जनाको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here