
बागलुङ, १२ असार ।
बागलुङमा थप १२ जनाले कोरोनालाई जितेका छन् । यससँगै बागलुङमा कोरोनालाई जितेर घर फर्किनेको संखया ११२ पुगेको छ ।
धौलागिरी अस्पतालको आइसोलेसन र धौलागिरी क्याम्पसको आइसोलेसनमा रहेका काठेखोला गाउँपालिकाका ३६ र २७ का दुई महिला, २९, २४, २६ का तिन पुरुष गरी पाँच जना, ताराखोला गाउँपालिकाका ३४ र २१ का दुई पुरुष, बागलुङ नगरपालिकाका २० र ५४ का दुई पुरुष, गल्कोट नगरपालिकाका २२ वर्षिय एक महिला र ३२ वर्षका एक पुरुष गरी दुई जना र वरेङ गाउँपालिकाका २४ वर्षका एक पुरुष गरी १२ जना आज डिस्चार्ज भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सैलेन्द्र वि. पोख्रेलले जानकारी दिनुभयो ।









