
बागलुङ २२, असार ।
बागलुङमा आज थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
बागलुङको बडिगाड गाउँपालिकाका ३४ र ४० वर्षका दुई पुरुष , काटेखोला गाउँपालिका २७ र ३४ का दुई पुरुष र ढोरपाटन नगरपालिकाका २१ वर्षिय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
यससँगै बागलुङमा संक्रमितको संख्या २०९ पुगेको छ भने १०३ जना निको भएर फर्की सकेका छन् ।









