पत्रकार गौतम र जनप्रतिनिधि लामिछाने पुरस्कृत

बागलुङ, २२ असार ।
बागलुङ नगरपालिकाको सातौ नगरसभामा पत्रकार खेमराज गौतम र जनप्रतिनिधि सुर्य लामिछाने क्षत्री पुरस्कृत हुनुभएको छ ।

नगरपालिकाको विकासमा योगदान पु¥याएका पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले स्थापना गरिएको ‘विकास पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार गौतमलाई प्रदान गरिएको छ । गौतमलाई ३० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।

यस्तै विश्वभर महामारीकौ रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सकृय भुमिका निर्वाह गरेको भन्दै बागलुङ नगरपालिका–१ का वडासदस्य सुर्य लामिछाने क्षत्री पुरस्कृत हुनुभएको छ ।

कोरोना महामारीको विच विदेशबाट फर्किने नगरबासीहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्ने, क्वारेन्टाइनमा खाना व्यवस्थापन लगायतको काम गर्दै आउनुभएका लामिछानेलाई नगरपालिकाले नगद ३० हजार रुपैयाँ सहित उत्कृष्ट जनप्रतिनिधिबाट पुरस्कृत गरेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here